आज यी दुई प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महासाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश लगायत पहाडी भू-भागका थोरै भुभागहरूमा मेघ गजर्न र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।