नगर प्रहरी कार्यालय सुर्खेतद्धारा घरेलु मदिरा नष्ट

वीरेन्द्रनगर नगरपालीकाको सुरक्षाको लागि खटिएको नगर प्रहरी कार्यालय सुर्खेतले घरेलु मदिरा नष्ट गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र, एरिचोक लगाएतका स्थानबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्पराज रोकायका अनुसार प्रहरीले अन्दाजी २०० लिटर मदिरा नियन्त्रणमा लिएको थियो ।

प्रहरी निरिक्षक रोकायले भने “घरेलु मदिराका कारण व्यस्त बजारमा असुरक्षा बढ्दै गएको, झै-झगडाका घटना बढेको र चोरीका घटनामा वृद्धी भएर हामीलाई बिभिन्न स्थानबाट धेरै रिर्पोटहरु आउन थालेपछी स्थानिय स्तरमा सुरक्षाको प्रत्याभुती दिलाउनका लागि घरेलु मदिरा नियन्त्रणमा लिईएको हो” ।

उनले भने “घरेलु मदिरा स्वास्थ्यका दृष्टिकोणले पनि सुरक्षित र भरपर्दो हुदैन । यसमा अल्कोहलको मात्रा एकिन नहुने भएकाले जतिबेला पनि प्रयोगकर्ताको स्वास्थ्यमा समस्या आउन सक्ने भएकोले पनि हामीले यस प्रकारका घरेलु मदिरा नियन्त्रणमा विशेष ध्यान दिने गरेका छौ” ।


प्रहरीले बरामद गरेर कार्यालयमा ल्याएको मदिरा वीरेन्द्रनगर नगरपालिका वडा नंं.६ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधी लगाएत स्थानिय व्यावसायीहरुको रोहवरमा नष्ट गरेको थियो ।