सुर्खेतमा भुमी अधिकार तथा श्रमिक सँगठनको प्रथम जिल्ला सम्मेलन

सुर्खेतमा नेकपा एमालेको भातृ संगठन भुमिअधिकार तथा श्रमिक संगठनले प्रथम जिल्ला सम्मेलन गरेको छ । सम्मेलनले मोहन सुनारको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति समेत र्निमाण गरेको छ । सम्पुणर् भुमी अधिकारबाट बञ्चित तथा गैरसँगठित श्रमिकहरु एक हौ भन्ने मुल नाराका साथ यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा एमालेका प्रदेश साँसद यामलाल कडेललाई राखिएको थियो । एमाले नेता तथा भुमिअधिकार तथा श्रमिक संगठनका केन्द्रिय सचिव बालकृष्ण सुनारले सम्मेलनलाई सम्बोधन गर्दै भुमिहिनहरुलाई राज्यलेनै अपहेलित गरेको बताए । उनले भने भुमिहिनहरु अब संगठित भएर बिद्रोह गर्नुको बिकल्प छैन । यसैको लागि पनी यो संगठन निर्माण गरिएको हो ।

हरेक भुमिहिन सुकुम्बासीका समस्याहरु समधान गर्न सकियोस भन्नका निमित्त यो कार्यक्रम सञ्चालन गरेको भुमी अधिकार तथा श्रम सँगठनका नव र्निवाचित अध्यक्ष मोहन सुनारले बताए । उनले यो भन्दा पछि पनि भुमीहीन , श्रमिक, दलित भुमीहिन, अव्यवस्थित बसोबासीको हितको लागि निरन्तर लागिरहने बताएका छन् । भुमीहिनहरुलाई नेपाल सरकारले भुमिको व्यवस्था गरोस, भुमि भएर पनि अव्यवस्थित बसोवास भएकाहरुलाई पुर्जाको ब्यवस्था गरोस भनेर दवाव दिनका लागि पनी आफु र आफनो संगठन लागिपर्ने उनले दावी गरे ।