खोलाले बगाउँदा रुकुममा दाजु बहिनीको मृत्यु

रूकुम पश्चिममा खोलाले बगाउँदा एउटै घरका दुई दाजु बहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेकी छन् ।

उनिहरुको आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुवैको शव डेढ सय मिटर तल फेला परेको थियो ।