
रंग शाही दैलेख
यही भदौ १७ गते दैलेख जिल्ला आठबिस नगरपालिका १ रामाघाट स्थित कर्णाली नदिमा डुङगा पल्टिदा १६ बर्षिय बालक बेपता भएका छन । चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं.७ खाल्चा दैलेख बस्ने टेक ब. शाहीको छोरा बर्ष १६ को शिव बहादुर शाही कर्णाली नदिमा बेपत्ता भएको स्थानियले बताएका छन् ।

डुङगामा खेल्ने क्रममा डुङगा पल्टिएको थियो । उनि बेपत्ता भएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी चौकी पाल्तडा दैलेख बाट प्र.स.नि.थल प्रसाद ढकालको कमाण्डमा ५ जनाको टोलि घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानिय नागरिकको सहयोगमा खोजी गरिरहेको जनाएको छ ।