
सुर्खेत भदौ १६ विरेन्द्रनगर लघुबित्त कर्मचारी मंच सुर्खेतले आज एक कार्यक्रम आयोजना गरि बिरेन्द्रनगर नगरपालिकाकाे वडा नं १० स्थित प्रसिद्ध प्रयटकिय तथा धार्मिक महत्त्व बोकेको देउतिबज्यै मन्दिरको बृहत् सरसफाइ ,बेन्च एवम डस्टबिन बितरण तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बिरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष श्री डिल बहादुर रखालको प्रमुख अतिथ्यता एवम मन्दिर व्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती एवम बिरेन्द्रनगर लघुबित्त कर्मचारी मंचका अध्यक्ष मान बहादुर राना(मन्दिप) को संयोजकत्वमा बिरेन्द्रनगर नगरपालिका अन्तर्गतका २२ वटा लघुबित्त बित्तिय सस्थाका कर्मचारीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी एवम वडा नम्बर १० का वडा अध्यक्ष डिल बहादुर रखालले कार्यक्रम निकै राम्रो भएको र भावी दिनमा यस्ता किसिमका कार्यक्रमा १० नम्बर वडा कार्यालय सदैव साथमा रहने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा मन्चका सम्पुर्ण पदाधिकारिहरुको उपस्थितिमा मन्चका अध्यक्ष मान बहादुर रानाले बिभिन्न सामाग्रीहरु (२थान बेन्च,८ थान डस्टबिन ,४ थान डस्बिन स्टेण्ड ,झाडु १५ थान ) हस्तान्तरण गर्दै कार्यक्रम समापन गरिएको थियो ।