
काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन भएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाले सापारु र रोपाइँ जात्रा मनाउन भदौ १५ गते शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो ।
तर, महानगरको निणर्यको पालना नगरी उक्त दिन सञ्चालन भएका कतिपय विद्यालयलाई कारबाहि गरिने महानगरले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

उक्त सुचना जारी गर्दै महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सुचना मार्फत भनेका छन् । “स्थानीय सरकारले गरेको निणर्य अनिवार्य रूपमा सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।”