सुर्खेतमा निवर्तमान वडा अध्यक्षबाटै छुवाछुत सम्बन्धी दुर्व्यवहार, पालिकाले निकाल्यो बिज्ञप्ती

वडा अध्यक्ष समेत भै सकेको ब्यक्तीबाटै सुर्खेतको चिंगार्ड गाँउपालिकामा पर्से कामीलाई सार्वजनिक स्थानमै दुर्व्यवहार भएको पाईएको छ । छुवाछुत सम्बन्धी स्पष्ट र कडा कानुन बनेपनी अझै ग्रामिण भेगमा छुवाछुतको समस्या रहेको पाईन्छ ।

भदौ १२ गते चिंगार्ड गाँउपालिका वडा नम्बर २ रानिवासको जितेजुवा भन्ने स्थानमा लाग्ने सास्कृतिक मेलामा कार्यपालिकाका सदस्य समेत रहेका पर्से कामीलाई दुर्व्यवहार गरेको भन्दै पालिकाले बिज्ञप्ती सार्वजनिक गरेको छ । दोषीलाई हदै सम्मको कारवाहीको दायरामा ल्याउन यो बिज्ञप्ती जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।