भक्तपुरमा दुई थान पेस्तोल सहित एकजना पक्राउ

भक्तपुरमा दुई थान कटुवा पेस्तोल सहित एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीको टोलिले उक्त व्यक्तिलाई पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका- १ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुर बलैया नगरपालिका- ५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उक्त माझीको साथबाट दुई थान कटुवा पेस्तोल, साहित पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा ४३ प ९००० नम्बरको स्कुटर बरामद गरेको छ ।

प्रहरीले जाँच गर्ने क्रममा माझी सँगै रहेका अर्का एक ३० वर्षीय अश्विन दाहाल हाल फरार रहकाले उक्त व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।