बैंकको एटीएम मेसिन फुटाउने एक युवक पक्राउ

भक्तपुरमा बैंकको एटीएम मेसिन फुटाएर चोरी गर्न खोजेका एक युवक पक्राउ परेका छन् ।

भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले उक्त युवक लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय पूणर्बहादुर खासु रहेका छन् ।

उक्त युवक लाइ आज बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।