पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान टोपे खोलामा खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द भएको हो ।

उक्त ठाउँमा अहिले पहिरो पन्छाउने कार्य भइरहेकोले एकतर्फीबाट बाटो खुलाइसकेको र सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो हटाएर नसकुन्जेलसम्म सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।