
सुर्खेत । सुर्खेतको बीरेन्द्रनगरमा माेटरसाइकलले रोकिराखेको स्कुटरलाई ठक्कर दिदाँ दुर्घटना भएकाे छ ।

मंगलबार राति करिब ८ः४० बजे बीरेन्द्रनगर नगरपालिका वडा न. ११ स्थित पिपिरा चोकमा धुलायाबिट बाट बजार तर्फ आउँदै गरेको भे.७.प. ७७४६ नं. को मोटरसाइकल सोही स्थानमा रोकि राखेको क.प्र.०२००१ प.४००४ न. को स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा मोटरसाइकल चालक सुर्खेतकाे बीरेन्द्रनगर नगरपालिका वडा नं १२ बस्ने ४१ वर्षिय धर्मराज सापकोटाको टाउको र छातीमा चोट लागेपछि कर्णाली प्रदेश अस्पताल कालागाउमा उपचारको क्रममा मंगलबार राति करिब ९ः५५ बजे मृत्यु भएको हाे ।

उक्त घटनामा सामान्य चोट लागेका स्कुटर चालक सुर्खेतकाे बीरेन्द्रनगर नगरपालिका वडा नं ११ का ३० वर्षिय अमृत चौधरीकाे स्थानिय मेडिकलमा उपचार पछि उक्त माेटरसाइकल, स्कुटर र स्कुटर चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालको शव गृहमा राखिएको छ ।