युवराज सफलले दिए, टिकटक बन्द गराउन निवेदन

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मा समक्ष निवेदन दिएका छन् ।

सफलले टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको गुनासा पनि गरेका छन् ।

उनले आफ्नो निवेदनमा टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क गरेका छन् ।

सफलकाे निवेदनमा भनिएको छ ‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पनि पहिले सञ्चालन अनुमति लिने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गरि फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’ ।