सिभिल इन्जिनियर पद खोलामा, रोजगार सहायक पद झोलामा

बिरेन्द्र बुढा, सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका द्वारा मिति २०७९/११/२१ गत्ते बिज्ञापन न. ०६/०७९/०८० सब इन्जिनियर (पाँचौं ) पदमा करार सेवा भर्ना लिने गरि बिज्ञापन गरिएको थियो । तर यस आर्थिक बर्षमा देशमा आर्थिक संकट उत्पन्न भई बजेट कटौती गरेर आउने भएकोले उक्त पदको परिक्षा लिन असमर्थ भएको भन्दै मिति २०८०/०५/०३ गत्तेका दिन करिब ५ महिना पश्चात उक्त पदको बिज्ञापन रद्ध गरिएको सूचना जारी गरेको थियो ।

नगरपालिकाको यो कदम बिरुद्ध यूवाहरुले बिरोध जनाएका छन् । “फागुनमा बिज्ञापन खोलेर राजस्व असुल गर्ने अनि अहिले भाद्रमा आएर परिक्षा रद्ध गराउने । यो कस्तो निति हो । उनिहरुले प्रश्न गरेका छन । उनिहरुले भनेका छन पालिकाले जागिरको प्रलोभनमा हामीबाट असुलेको हाम्रो पैसा फिर्ता गर्नु पर्छ ।

यतिमात्रै होईन नगरपालिकाले मिति २०७९/०३/२८ गत्ते बिज्ञापन न. ०२/०७९/०८०, रोजगार सहायक (पाँचौ) पदको बिज्ञापन खुलाएको थियो । तर २०८०/०५/१० गत्ते सम्म करिब डेढ बर्ष हुन लागीसक्दा पनी उक्त परिक्षा नलिएको भन्दै त्यहाँका यूवाहरुले आपत्ती जनाएका छन् ।

उनिहरुले भनेका छन देशको आर्थिक संकटको बारेमा चिन्तित हुदै परिक्षाहरु स्थगित गर्ने नगरले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको चरम दुरुपयोग गरिरहेको छ ।