धरानमा गौ हत्याको विषयलाई लिएर सुर्खेतमा राप्रपाको प्रदर्शन

सुर्खेत, भदौ १२ । धरानमा गौ हत्याको विषयलाई लिएर सुर्खेतमा राप्रपाले बिरोध प्रदर्शन गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा न.०६ तल्लो बजारमा रहेको राप्रपाको पार्टी कार्यालयबाट बिरोध र्‍याली निकालीएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष कविराम पुरीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको राप्रपा सुर्खेतले जनाएको छ । सबै हिन्दु एक होऔ, हत्यारालाई कार्वाही गर, गौ हत्या गर्न पाईदैन, गृहमन्त्री राजिनामा दे, राप्रपा जिन्दावाद“ जस्ता नारा लगाउदै र उक्त नारा लेखिएका प्लेकार्ड बोकेर विरोध र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

२ बजे जिल्ला प्रशासन कार्यालय पुगेर र्‍यालीले केहिवेर नारावाजी समेत गरेको थियो । नाराबाजी पश्चात प्रजिअ मार्फत सम्माननीय प्रधानमन्त्रीले पाउने गरि ज्ञापनपत्र बुझाएर बिरोध समापन गरिएको थियो ।