सल्यानमा तरकारी बोकेको मिनि ट्रक दुर्घटना

बिरेन्द्र बुढा, सल्यान, सल्यानमा तरकारी बोकेको मिनि ट्रक दुर्घटनामा परेको छ । तरकारी बोकेर बाँकेको नेपालगन्ज देखि रुकुम चौरजहारी तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०० क ०१५४ नं को ट्रक सोमबार विहान ११ बजेतिर सडक छेउमा पल्टिएको हो । चालकका अनुसार “ब्रेक फेल“ भएर ट्रक दुर्घटनामा परेको हो ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ ज्यामिरेखोला नजिकै ट्रक पल्टिएको हो । भेरीगंगा नगरपालिका वडा १०,छिन्चुका वर्ष २३ का चालक रितिक विक र राप्ती गाउँपालिका वडा नं. ७ सिसिनियाका वर्ष १८ का सहचालक आषिस चौधरी सामान्य घाइते भएको स्थानियले जनाएका छन । ट्रक र सामानमा केहि क्षेती भएको स्थानीय बताउछन । घाइते दुवै चालक र सहचालकको बाँझकोट स्वास्थ्य चौकी च्युरामा उपचार भइरहेको छ । स्वास्थ्य चौकीकाका अनुसार दुबैको अवस्था समान्य रहेको छ । उनीहरुको हात खुट्टामा सामान्य चोट लागेको छ ।