सल्यानमा तरकारी बोकेको मिनि ट्रक दुर्घटना

सल्यानमा तरकारी बोकेको मिनि ट्रक दुर्घटनामा परेको छ ।

तरकारी बोकेर बाँकेको नेपालगन्ज देखि रुकुम चौरजहारी तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०० क ०१५४ नं को ट्रक सोमबार विहान ११ बजेतिर सडक छेउमा पल्टिएको हो ।

चालकका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ ज्यामिरेखोला नजिकै “ब्रेक फेल“ भएर ट्रक दुर्घटनामा परेको हो ।

भेरीगंगा नगरपालिका वडा १० छिन्चुका वर्ष २३ का चालक रितिक विक र राप्ती गाउँपालिका वडा नं. ७ सिसिनियाका वर्ष १८ का सहचालक आषिस चौधरी सामान्य घाइते भएको र ट्रक र सामानमा केहि क्षेती भएको स्थानियले जनाएका छन ।

घाइते दुवै चालक र सहचालकको बाँझकोट स्वास्थ्य चौकी च्युरामा उपचार भइरहेको छ ।

स्वास्थ्य चौकीकाका अनुसार दुबैको अवस्था सामान्य रहेको छ ।

उनीहरुको हात खुट्टामा सामान्य चोट लागेको छ ।