माओबादि केन्द्र कालिमाटीको आयोजनामा बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा माओबादि केन्द्र कालिमाटी गाँउ समिति सल्यानको आयोजनामा बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जनता सँग माओबादि बिशेष रुपान्तरण अभियानको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको नेकपा माओबादि केन्द्र कालिमाटी गाँउ समिति सचिव टेकराज पुलामीले जानकारी दिनु भयो । नेकपा माओबादि केन्द्रका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज एवम कर्णाली प्रदेश पुर्व कानुन मन्त्री नरेश भण्डारी प्रमुख अतिथि , नेकपा माओबादि केन्द्र कालिमाटी गाँउ समिति अध्यक्ष सालिकराम भट्टराई सभाध्यक्ष तथा केन्द्रिय सदस्य एवं कालिमाटी गाँउपालिका ईन्चार्ज डिलमाया बुढाको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा बिशेष अतिथिले प्रशिक्षण दिनु भएको थियो। साथै कार्यक्रममा वडा नम्बर १ देखि ७ नम्बरका वडा ईनचार्जहरुले जनता सँग माओबादि बिशेष रुपान्तरण अभियान सफल पार्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेकपा माओबादि केन्द्र कालिमाटी गाँउ समिति सचिव टेकराज पुलामीले गर्नु भएको थियो।