गुर्भाकोटमा नगरस्तरीय खुल्ला छेलो प्रतियोगिता हुदै

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा पालिकास्तरीय छेलो प्रतियोगिता हुने भएको छ। गुर्भाकोट नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा यहि भदौ १२ गते नगरस्तरीय छेलो प्रतियोगिता हुने भएको हो ।

गुर्भाकोट नगरपालिकाको खैरेनी चौरमा हुने छेलो प्रतियोगितामा सहभागिताको लागि बिहान १० बजे देखि १ बजे सम्म नाम दर्ता गराउन सकिने आयोजकले जनाएको छ । छेलो प्रतियोगितामा प्रथम हुनेले रु पाँच हजार,दोस्रो हुनेले ३००० हजार,तेस्रो हुनेले २००० हजार र सान्तवना हुनेले १००० रुपैया पुरस्कार पाउनेछन ।