
सुनचाँदी ब्यावसायी संघ सुर्खेतले २ जना दलित महिलालाई सम्मान गरेको छ । सुनचाँदी ब्यावसायी संघ सुर्खेतका महासचिव मोहन सुनारले भने एक त महिलालाइ समाजमा अगाडी जान त्यसै अप्ठेरो छ । त्यो माथी पनी दलित भएपछी अगाडी बढेर महिलाहरुलाई सफल हुन झनै अप्ठेरो छ ।


यस्तो परिस्तिथीमा समेत सफलताको उचई चुम्न सफल दलित महिलाहरुलाई सुनचाँदी ब्यावसायी संघले उहाँहरुलाई थप हौसल्ला मिलोस र अन्य पिछडिएको बर्गलाई पनी उदाहरण होस भनेर यो सम्मान गरिएको हो ।

सुनचाँदी ब्यावसायी संघले प्रहरी निरिक्षक झरना सुनार र खेलाडी तथा कलाकार नन्दा बस्याललाई सम्मान गरेको हो । प्रहरी निरिक्षक सुनार केही समय अगाडी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सरुवा भएर आएकी थिईन भने कलाकार तथा खेलाडी नन्दा बस्यालले विश्व स्याङनाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वणर् पदक दिलाएकी थिईन ।
