नेकपा एमालेको वडा कमिटी बैठक, पार्टीको निणर्य देखी बाटो निर्माणसम्म


सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा न.७ को नेकपा एमालेको वडा कमिटी बैठक बसेको छ । बैठकले पार्टी सञ्चालनका लागि विभिन्न निणर्यहरु गर्दै बाटो मर्मतमा समेत जुटेको छ । भाद्र ९ गते सप्पन्न भएको वडा कमिटी बैठक नेकपा एमाले जिल्ला कमिटी सल्यानका सदस्य एवं वडा इन्चार्ज बिनायक के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

नगर कमिटी उपसचिव प्रकाश बस्नेत, वडा कमिटीका पदाधिकारी, वडा कमिटी सदस्य लगायतको उपस्थिति रहेको उक्त बैठकले वडा भित्र नेकपा एमालेको संगठन सुदृढीकरण सदस्यता नवीकरण, वडामा अहिलेको सरकारले गरेका राम्रा नराम्रा पक्षको विषयमा पनि जोडदार छलफल गर्दै टुंगिएको वडा कमिटी सचीव कृष्ण बि.सी.ले जानकारी गराएका छन । बैठक पश्चात वडाका पुर्व वडा अध्यक्ष बिनायक के.सी. को नेतृत्वमा रम्चाउन देखि लाखुरी सम्मको बाटो मर्मत समेत गरिएको थियो ।