वीरेन्द्रनगरको यरीचोकमा एक युवालाई कुटेको आरोपमा कालिकोटका २ युवा पक्राउ

सुर्खेत । वीरेन्द्रनगरको यरिचोकमा एक युवकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोट मान्मका सुनिल तिरुवा र रमेश तिरुवा छन् । उनीहरु दुवै जना २२ र २४ वर्षका युवा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ताले जानकारी दिएका छन् ।

केहिदिन अघि यरीचोकमा युवाहरुबीच हानाहान भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियोमा २ जना युवाहरूले एकजना युवालाई कुटपिट गरी लखेटेको देखिएको छ ।

भिडियोमा कुटाई खाने वीरेन्द्रनगरकै १७ वर्षिय युवा हुन् । स्रोतले दाबि गरे अनुसार पिडक युवाहरूले करिव एक महिनाअघि पिडित युवाको मोबाईल र पैसा चोरी गरेका थिए ।

पिडित युवाले भनें उनीहरूलाई आफ्नो सामान फिर्ता गर्न बारमबार आग्रह गर्दै आएका थिए । तर उनिहरूले फिर्ता नदिएपछि प्रहरीमा उजुरी दिने चेतवानी दिएका थिए । त्यहि चेतवानी दिएकै कारण उनिहरूले आफुलाई कुटाई खाएको बताए । साथै, घटना बाहिरिएपछि मिलाईदिन भन्दै थप पिडा दिने गरेको बताएका छन् ।