सुर्खेतमा एमसीसीको लोगो जलाउन हिडेका ३ जना बिप्लव कार्यकर्ता पक्राउ


सुर्खेतमा एमसीसी परियोजनाको बिरोधमा एमसीसीको लोगो जलाउन हिडेका ३ जना बिप्लव कार्यकर्ता पक्राउ परेका छन् । भदौ ७ गते साँझ वीरेन्द्रनगर नगरपालिका वडा न ०६ स्थित शनिहललाईन नजिक रहेको नेकपा विप्लव पार्टी कार्यालय बाट वीरेन्द्रनगरचोक तर्फ आउदै गर्दा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

उक्त पार्टीको केन्द्रिय समितिको पुर्व घोषित संघर्षको कार्यक्रम अनुसार उनिहरु एमसीसीको लोगो जलाउने कार्यक्रमको लागि वीरेन्द्रनगरचोक तर्फ हिडेका थिए । पक्राउ पर्नेमा केन्द्रीय सदस्य गणेश बोगटी, अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष तुलराज तिरूवा र सुर्खेत जिल्ला ईन्चार्ज धुव्र सिं लाई पक्राउ गरेको पार्टिका केन्द्रिय सदस्य तथा अखिल क्रान्तिकारी बिद्यार्थी संगठन सुर्खेतका जिल्ला ईन्चार्ज कमल सि ले जानकारी दिए ।

सुरक्षामा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरीले ३ जनालाई नियन्त्रणमा लिए पश्चात अन्य कार्यकर्ताहरु एमसीसी र सरकार विरूद्ध नारावाजी गर्दै तितर बितर भएका थिए । सो समयमा केही बेर सुरक्षाकर्मी र बिप्लव कार्यकर्ताका विच समान्य धरपकड समेत भएको थियो । ३ जना बिप्लपका कार्यकर्तालाई पक्राउ गरिएको र जिल्ला प्रहरी कार्यालयमा राखिएको सुर्खेतका डिएसपी लक्ष्मण शाहीले जानकारी दिएका छन् ।