गौरापर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्वका रुपमा रहेको गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौंको टुँडिखेलमा गौरा पर्वलाई सम्बोधन गर्दै गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने बताएका हुन् । यसअघिका सरकारले गौरा पर्वका रुपमा दिईको बिदाको फाइल हेरेर आगामी वर्षमा गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।