साढे ८ लाख रुपैयाँसहित फिलिपिन्स नागरिक विमानस्थलबाट पक्राउ


काठमाडौं- विभिन्न देशका मुद्राहरू गरी साढे ८ लाख रुपैयाँसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक फिलिपिन्स नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय फिलिपिन्स नागरिक आसेनीओ जुनियर मेसा छन् । १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको ११ सय थान गरी ८ लाख ५० हजार रुपैयाँ उनीबाट बरामद भएको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यासण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्वा अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।