महिला सशक्तीकरण मञ्च नेपालको ३ दिने क्षमता अभिवृद्धी तालिम सुरु

महिला सशक्तीकरण मञ्च नेपालले स्थानीय शासन प्रकृयामा यूवा संलग्नता प्रवर्दन परियोजना अन्तर्गत ३ दिने तालिम संचालन गरेको छ ।

यूवा सुशासन अभ्यासकर्ताहरुलाई सार्वजनिक उत्तरदायित्वका उपकरणहरु सम्बन्धी क्षमता अभिवृद्धी तालिम संचालन गरिएको महिला सशक्तीकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले जानकारी दिनु भयो ।

कार्यक्रम सिद्धार्थ होटलमा भाद्र ७ गते देखी ९ गते ३ दिन सम्म संचालन हुने महिला सशक्तीकरण मञ्च नेपालकी कार्यकारी निर्देशक लक्ष्मि जि.सी.ले जानकारी दिनु भयो ।

महिला शसक्तीकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले अध्यक्षता गरेको कार्यक्रममा प्रखुम अतिथी प्रदेश सभा सदस्य तथा सामाजिक बिकास समिती संयोजक घनश्याम भन्डारीले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो भने प्रदेश सभा सदस्य तथा सामाजिक समिती सदस्य गोमता बिकले आफ्नो धारणा राख्नु भएको थियो । आफ्नो धारणा राख्दै बिकले ३ दिनकाे तालिममा राम्राे ज्ञान लिएर हरेक स्थानमा सुसासन कायम गर्न यूवाहरू खटिनुपर्ने बताउनु भयाे ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै घनश्याम भन्डारीले समाज रूपान्तरणका लागि यस्ता कार्यक्रमहरू एमदमै महत्वपुर्ण हुने बताउनु भयाे । अबका यूवाहरूले नेगेटिभ साेचले आक्रान्त समाजलाइ रूपान्तरणकाे लागि समेत लाग्नु पर्ने बताउनु भयाे ।

सहभागीहरुलाई गाेगाे फाउन्डेशन तर्फबाट आउनुभएका प्रशिक्षक केदार खड्का र दुर्लभ बोगटीले बजेट लेखाजोखा, नागरिक सन्तुष्टि र लैगिंक परिक्षणका बारेमा प्रशिक्षण दिनुहुने छ र प्रशिक्षण पश्चात सम्बन्धीत पालिका र स्थानिय तहहरुमा गएर प्रशिक्षर्थीहरुले सर्वेक्षण गर्नेकुरा परियोजना संयोजक डन्डीराज शर्माले बताउनु भयो ।

तालिममा जाजरकोटको भेरी नगरपालिका, सुर्खेतको लेकबेसी नगरपालिका, सिम्ता गाँउपालिका र दैलेखकाे गुराँस गाँउपालिका र डुंगेश्वर गाँउपालिकाबाट १६ देखी २४ बर्ष उमेर समुहका १८ जना यूवाहरु सहभागी भएको शर्माले जानकारी दिनु भयो ।

यूराेपिएन यूनियन, हेल्भटास नेपाल र गाेगाे फाउन्डेशनकाे सहकार्यमा महिला सशक्त्तीकरण नेपालले आयाेजना गरेकाे तालिम भाद्र ९ गते समापन हुने आयाेजकले जनाएकाे छ ।