प्रतिकूल मौसमका कारण कर्णालीमा हवाई उडान प्रभावित


प्रतिकूल मौसमको कारण कर्णाली विमानस्थलमा विगत दुई दिनदेखि नियमित हवाई उडान हुन सकेको छैन । विगत दुई दिनदेखि हवाई सेवा प्रभावित हुँदा नागरिक समस्यामा परेका छन् । प्रतिकूल मौसमका कारण कर्णालीमा हवाई उडान प्रभावित प्रदेशका जिल्लामा विगत दुई दिनदेखि लगातार वर्षा भइरहेकाले हवाई सेवा नियमित हुन नसकेको हो ।

डोल्पाको जुफाल, हुम्लाको सिमकोट, मुगुको ताल्चा लगायतका विमानस्थलमा विगत दुई दिनदेखि नियमित हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।