सुर्खेतमा तास खेल्ने १३ जना नगद सहित पक्राउ

सुर्खेतको बीरेन्द्रनगर- ३ एरिचोक नजिक तास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोसाक प्रहरी टोलिले नगद २,१९,९००/- (दुई लाख उन्नाइस हजार नौ सय) सहित १३ जनालाई जुवा (तास) खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।