विद्युत प्राधिकरण सुर्खेत बितरण केन्द्रका फोरेमेन पदम बुढा सम्मानीत

नेपाल बिधुत प्राधिकरण 38 औ बार्षिकउत्सब कार्यक्रमबाट नेपाल बिधुत प्राधिकरण सुर्खेत बितरण केन्द्रका फोरमेन पदम बुढाथोकी सम्मानित भएका छन ।

कर्णालीको १० वटै जिल्लाको बिधुत सेवामा निरन्तर खटिएको र रातको समयमा पनि निरन्तर सेवामा खटिएको भन्दै बुढालाई सम्मान गरिएको हो ।

फोरमेन बुढालाई २५००० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ । यस सम्मानले मलाई थप हौशाला दिईएको छ । अब कर्णालीमा पहिला जस्तो बिधुत बिग्रेर लाईट ढिलो आउने अनावश्यक लाईन काट्ने त्यो अबस्थामा छैन । हामीले लाईन बिग्रेएको अबस्था नो लाईटलाई तुरुन्त परिचालन गरि जतिसक्यो चाडो लाईन मर्मत गरि सुचारु गर्छौ बुढाले भने ।

फेरमेन पदम बहादुर बुढा बिगत २ बर्षदेखि सुर्खेत बिधुत प्राधिकरणमा कार्यरत छन ।