
अन्तराष्ट्रिय प्रतियोगिता बिश्व स्याङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएपछी नन्दा बस्याललाई गृहजिल्ला सुर्खेतमा भब्य अभिनन्दन तथा सम्मान गरिएको छ । जुलाई २१ देखी २४ सम्म दक्षिण कोरियामा भएको प्रतियोगितामा नेपालका तर्फबाट बस्यालले स्वर्ण पदक जितेकी थिईन । राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत रहेकी बस्यालले स्वर्णपदक जितेपछी खुसीयालीमा सुर्खेत जिल्ला तेक्वान्दो संघले उनलाई सम्मान सहित पञ्चेबाजा बजाएर वीरेन्द्रनगर परिक्रमा गराएको थियो ।


उक्त सम्मान कार्यक्रममा खेलाडी सहित धेरै सर्वसाधारणको उपस्थिती रहेको थियो । उपस्थित भिडले उनलाई फुलमाला, अबिर र खादाले चोक चोकमा सम्मान गरेको थियो ।
यसै गरी सुर्खेत महिला जेसीजले जेसीज सप्ताहका अवसरमा प्रत्येक बर्ष प्रदान गर्ने उत्कृष्ट नारी सम्मान अन्तर्गत बस्याललाई भब्य कार्यक्रमका बिच सम्मान गरेको थियो ।


कलाकार समेत रहेकी बस्याललाई सुर्खेतमा कलाकारिता क्षेत्रमा स्थापित संस्था बागीना समुहले समेत एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको थियो ।
नेपाल जेसीज बर्ष २००५ का राष्ट्रिय अध्यक्ष गेहेन्द्र प्रसाद दाहालले कर्णालीमा जन्मीएर बिभिन्न चुनौतीहरुको सामना गर्दै स्वर्ण पदक जित्नु सानो कुरा नभएको बताए ।

उनले भने आज हाम्री चेलीले देशको शिर त उच्च बनाईन नै हामी कर्णाली बासीको छात्ती समेत चौडा बनाईदिएकी छिन । र अन्य खेलाडिलाई समेत एक प्रकारको अमृत जल जस्तै उर्जा थपिदिएकी छिन । उनले भने कर्णालीले खेलाडीलाइ अझै चिन्न ढिलाे गरिरहेकाे छ । खेलाडी भनेका नागरिकलाइ उत्साह दिने बुटी हुन । बेलैमा सरकारले खेलक्षेत्रमा लगानी थप गर्नुपर्छ र यूवाहरूकाे खेलप्रतिकाे लगावलाइ सम्मान गर्नु पर्छ ।
स्वर्ण पदक बिजेता नन्दा बस्यालले बिभिन्न संघ, सस्था, परिवार, र ब्यक्तीहरुले गरेको सम्मानले आफुलाई थप जिम्मेवार र उत्साह थपेको प्रतिक्रिया दिएकी छन् ।

