
सुर्खेतको वीरेन्द्रनगर १० मा जेष्ठ नागरिकहरुलाई सेवा दिने उदेश्यले कुन्टि जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिएको छ ।यूवा उमेरका सबै नागरिकहरु काममा ब्यस्त हुने र जेष्ठ नागरिकहरुलाई दिन कटाउन गाह्रो हुने भएकोले उहाँहरुलाई दिन बिताउन र आफना पुराना साथीहरुसंग भेटघाट होस भन्ने उद्धेश्यले यो सेवा केन्द्रको स्थापना गरिएको वडा नम्बर १० का वडा सदस्य सन्द्यया परियारले जानकारी दिईन ।


परियारका अनुसार अब सेवा केन्द्रमा जेष्ठनागरिकहरु जम्मा हुनेछन, आफना मनका कुरा साटने छन, आफना उमेर समुहमा हिजोका कुराहरु पुनः स्मरण गर्नेछन र आफुलाई शान्त बनाउने छन् । उनले भनिन अहिले तत्कालका लागि बुढापाकाले मनोरञ्जन गर्न सकुन भन्ने हेतुले केही बाजाहरुको ब्यवस्थापन गरिएको छ र यो कार्यलाई बिस्तार गरेर केही समय भित्रै अक्षयकोष स्थापना गरिने छ जसबाट भेला भएका जेष्ठ नागरिकलाई दिवा खाजाको समेत ब्यवस्थापन गर्न सकियोस ।
