बिरगंजका सशस्त्र प्रहरी उपरीक्षकको मृत्यु

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी उपरीक्षक सुमन थपलियाको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक थपलियाको बिरगंजमा शनिबार दिउँसो मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

बाराको गढिमाइ गएर साइकिलिङ गरि फर्किएका थपलिया एक्कासी अचेत भएका उनलाई उपचारको लागि नारायणी मेडिसिटी बयोधा अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

हृदयघात भएर थपलियाको मृत्यु भएको हो । उनको मृत्यु भएको थाहा पाएपछि अहिले बिरगंजका राजनीतिक दलका नेता, समाजसेवि लगायतले सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् ।