
गुर्भाकोट नगरपालिकाको समन्वयमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेत द्वारा तयार पारी वितरण गरिएका ८ नम्बर वडा भित्रका जग्गा धनी पुर्जाका श्रेस्ता , फिल्डबुक र नक्साहरुलाई नापी तथा मालपोत कार्यालय मेहेलकुनामा बुझाईएको छ। यो सँगै गुर्भाकोट ८ नम्बर वडामा २०३६ देखि २०४२ हुदै २०५५ साल सम्म नापी भएका तर अधुरै रहेका कामलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतको सहयोगमा जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

पटक पटक गरि ५९६ वटा जग्गा धनि पुर्जा वितरण भए सँगै गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा भूमि सम्बन्धिका समस्या सामाधान भएका छन्। गत बिहिबार गुर्भाकोट नगरपालिका उपप्रमुख तथा कार्यवाहक .नगरप्रमुख मैना वि.कको रोहवर तथा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौडेल द्वारा वडा नम्बर ८ भित्रका जग्गा धनी पुर्जाका श्रेस्ता , फिल्डबुक र नक्साहरुनापी तथा मालपोत कार्यालय मेहेलकुनामा बुझाइएको थियो ।
यसअघि अघि पहिलो चरणमा १४८ जना र दोस्रो चरणमा १६७ जनालाई जग्गा धनि पुर्जा वितरण गरिएको थियो। साथै बर्षौ देखि जग्गा उपभोग गरिरहेका तर जग्गाको स्वामित्व ग्रहण गर्न नसकेका सम्पूर्ण ८ नम्बर वडा निवासी जनतालाई जग्गा धनि पुर्जा प्राप्त गर्न विभिन्न स्थान बाट सहयोग गर्ने सम्पुर्णमा ८ नम्बर वडाका वडा अध्यक्ष किरण बिकले हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको छ।
