बरहाताल गाँउपालिकाले गर्‍यो जग्गाधनी प्रमाण पुर्जा बितरण

बराहताल गाँउपालिकाले वडा नम्बर ५ मा १८४ घर धुरीलाई एक कार्यक्रमको आयोजना गरी जग्गाधनी प्रमाण पुर्जा बितरण गरेको छ ।

अन्य वडाहरुमा यसअघी पुर्जा बितरण गरिसकेको पालिकाले निरन्तरता स्वरुप वडा नम्बर ५ मा पनी जग्गा धनी प्रमाण पुर्जा बितरण गरेको पालिकाका अध्यक्ष भिम भन्डारीले बताएका छन् ।

उनले भने सुकुम्बासी तथा भुमिहिनको समस्या प्रति म गम्भिर छु र मेरो कार्यकालको महत्वपुर्ण कदम पनी सम्झेको छु । म जसरी पनी भुमिहिन तथा सुकुम्बासीको समस्या समाधान गर्नकालागि एकदमै चासो र चिन्ताका साथ लागि रहेको छु र कर्मचारीहरुले पनी मेरो होस्टेमा हैसे गरिरहनु भएको छ । यही गतिमा हामीले काम गर्न सक्यौ भने अबको केही समय भित्रै हामी अन्य पालिका भन्दा अगाडी नै भुमिहिनको समस्या समाधान गरिसक्ने छौ ।

कार्यक्रममा पुर्व मुख्यमन्त्री जिवन बहादुर शाही र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको समेत उपस्थिती रहेको थियो ।