फेरि वीरेन्द्रनगर रेडियो नेपाल खोला पुल मुनि वेवारिसे शव फेला

वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुल नजिकै एक पुरुषको बेबारिसे अवस्थामा शव फेला परेको छ ।

रत्न राजमार्गको फोरलेन सडक खण्डमा पर्ने ढोडेखाली खोलाको पुलमुनी घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने उक्त पुलमुनी शव भेटिएपछि स्थानीयले १ नम्बरका वडाध्यक्ष दिनेश खत्रीलाई खवर गरेका थिए । वडाध्यक्ष खत्रीले बालुवामा घोप्टो परेको अवस्थामा शव रहेको जानकारी दिएकाहुन ।

आज विहान पनि वीरेन्द्रनगर-११ भाइरल रोड नजिकै खोलामा एक प्रहरी हवल्दार मृत फेला परेका थिए ।