बिरेन्द्रनगर ११ मा भेटिएको वेवारिसे शव सशस्त्र प्रहरी बरिष्ठ हवल्दारको भएको पुष्टी

वीरेन्द्रनगर ११ स्थित चौखेढुंगामा भेटिएको वेवारिसे शव सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राम बहादुर थापाको भएको पुष्टी भएको छ ।

शनिवार बिहान खोलाको किनारमा वेवारिसे अवस्थामा लास देखेपछी स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । उक्त शव नेवारे खोलाले बगाएर चौखेढुंगा स्थित पुलको छेउमा अड्काएको अवस्थामा फेला परेको बुझीएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार उनि सशस्त्र प्रहरी बल नं.३३ गण जुम्लामा कार्यरत रहेका थिए । उनी वीरेन्द्रनगर १२ स्थित बिरुवाबारी चोकमा बस्ने गरेको बुझीएको छ ।