आज शनिवारको मौसम

आज पहाडी भू-भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क हुन सरोकारवालाले सचेत गराएका छन् ।