वीरेन्द्रनगर-११, भाइरल रोड नजिक वेवारिसे शव फेला

सुर्खेतको वीरेन्द्रनगरमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुर्खेतको वीरेन्द्रनगर- चौखेढुगां खोला पुल भाइरल रोडको आडैमा बेवारीसे अवस्थामा अन्दाजी २७- २८ वर्षका पुरुषकाे शव फेला परेको हो ।

शनिबार विहान स्थानिले बेवारीसे अबस्थामा सव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीका अनुसार प्रहरी उक्त स्थानमा पुगिसकेको र बेवारीसे सवको अनुसन्धान भईरहेकाे प्रहरीले जानकारि दिएकाे छ ।