करेन्ट लागेर गुर्भाकोटमा एक जनाको मृत्यु

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका ८ घारी मेहेलकुना कुमालपानी निवासी अन्दाजी वर्ष २८ का खगेन्द्र खड्का (झुपलाल) रहेका छन् ।

शुक्रबार साझ अन्दाजी ५ बजेको समयमा राष्ट्रिय बाणिज्य बैंक नजिक बिद्युतको शाखा लाईनको करेन्ट लागेको प्रहरी चौकी मेहेलकुनाले जानकारी दिएको छ ।

मृतक खड्काको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । श्रीमती हाल बैदेशिक रोजगारमा रहेकी छन् ।

मृतकको शव अहिले पोस्टमार्टमको लागी मेहेलकुना अस्पतालको पोस्टमार्टम गृहमा राखिएको र भोलि आफन्तीको सहमतिमा पोस्टमार्टम गरि शव परिवारलाई बुझाइने बताइएको छ ।