
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको अन्दाजी १ सय २० किलो अबैध चिनी सहित विभिन्न सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका-१० छिन्चुमा रहेको ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जना प्रहरीको टोलीले नेपालगञ्ज देखि सुर्खेत तर्फ आउँदै गरेको भे.१ ख.३०४४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गरेको थियो ।
उक्त गाडी चेकजाँच गर्दा त्यसबाट कुनै पनि बिल नभएको १ सय २० केजी चिनी, ९ पिस कोट पाइन्ट कपडा, कुर्ता सुरुवाल सेट १० पिस, कुर्ता २० पिस र जाली वाला प्लाष्टिक बाटा २४ पिस बरामद गरेको प्रहरीले जनाएको छ ।
