क्रकेटर सन्दीप विरुद्धको मुद्दामा आज पनि भएन बहस


क्रकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुन सकेन ।

नाबालिग बलात्कार आरोपमा सन्दीप विरुद्ध परेको रिटको सुनुवाइ बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो ।

उक्त इजलासले ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गर्न भन्ने आदेश दिएको छ ।

आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको हो ।

सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो ।