कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर एक हात्तीको मृत्यु

कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर एक जंगली हात्तीको मृत्यु भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिएका छन् ।

मेहताले मृत भेटिएको हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताएका छन् ।