
नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको गुर्भाकोट नगर स्तरिय दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ ।

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा एक कार्यक्रमका बिच सुरेश रोकायको नेतृत्वमा ३३ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।पार्टी कार्यालय मेहेलकुनामा एक समारोहका बिच नेतृत्व चयन गरिएको हो ।
नब निर्बाचित अध्यक्ष सुरेश रोकायले आफुलाई बिश्वास गरि अध्यक्षको जिम्वेवारी दिने सम्पूर्णलाई धन्यबाद दिदै जिम्वेवारी बहन हुने गरि काम गर्ने बताउनु भयो ।


साथै उहाले पछिल्लो समय देखिएको बेतिथि र भ्रष्टाचार लाई नियन्त्रण गर्नको आफूहरू लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य गोरख बोगटी, विशेष अतिथि केन्द्रीय कमिटी सदस्य ठम्मर विष्ट, राष्ट्रिय युवा सङ्घ नेकपाका केन्द्रीय सदस्य छवि डाङी, युवा सङ्घ नेपाल सुर्खेतका अध्यक्ष वासु आचार्य लगायत पाटीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।