डडेल्धुरामाम एक १४ बर्षिया बालिका खाेलामा मृत अवस्थामा फेला


डडेल्धुरा- डडेल्धुरामा एक १४ बर्षिया बालिका खोलामा मृत अवस्थामा फेला परेकी छन् । बुधबार मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुरामकी अमृता रावतको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । परशुराम नगरपालिका-१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन् ।

मंगलबार दिउँसो अन्य साथिहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउँदा खोजि कार्य सुरु गरिएको थियो । उनीसँगै माछा मार्न गएका सबै साथिहरु समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासंगै खोलामै थिए । संकास्पद रुपमा उनलाई नियन्त्रणमा लगिएको छ ।

नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए ।पक्राउ पर्ने बालक पनि रावत समुदायकै रहेको खुलेको छ ।