वाईसियल नेपालद्वारा वीरेन्द्रनगरको मंगलगढि चोक सरसफाई

सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगढि चोक सरसफाई गरिएको छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल वीरेन्द्रनगर कमिटिको आयोजनामा मंगलगढि चोक सरसफाई गरिएको हो ।

शहरको मुख्य चोकमा फोहोरको ढङ्गुर भएको र वीरेन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापनमा कुनै ध्यान नपुगेको बताउँदै आफू युवाहरूनै फोहोर सरसफाईमा उत्रिएको वीरेन्द्रनगर कमिटिका उपाध्यक्ष भुवन रोकायले बताए । यसै गरी निरन्त्र रुपमा नगर सरसफाईका कार्यक्रम जारी राख्ने बताएका छन् ।

नगर कमिटिका अध्यक्ष सागर बमले नगर सरसफाईको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाको भएपनि नगरपालिकाले फोहोर व्यवस्थापनमा कुनै चासोँ नदिएको गुनासो गरेका छन् ।

साथै, कमिटि सचिव अखिल क्षेत्रीका अनुसार सरसफाई गरेर संकलन भएको फोहोर चोकमा जम्मा गरिएको राखिएको छ । यदी नगरपालिकाले उक्त फोहोर व्यवस्थापन नगरेको खण्डमा वीरेन्द्रनगर नगरपालिका अगाडि लगेर राखिदिने चेतवानी समेत दिईएको छ ।