सुर्खेत महिला जेसीजद्वारा भानु पार्कमा वृक्षारोपण


सुर्खेत महिला जेसीजद्वारा भानु पार्क (डीएनपी डाँडा) मा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

बुधबार सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न प्रजातीका विरुवाहरु रोपेर सुर्खेत महिला जेसीजले वृक्षारोपण गरेको हो ।

वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले वृक्षारोपण गरी वातावरण स्वस्थ, शान्त, हराभरा पार्दै संरक्षण गर्न यो कार्यक्रमको आयोजना गरिएको सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले बताएकी ।

कार्यक्रममा सहभागिता जनाउँदै वीरेन्द्रनगर नगरपालिकका उपप्रमुख निलकण्ठ खनालले यस्ता कार्यक्रमले वातारण संरक्षणमा टेवा पुर्याउने बताउदै रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताएका छन् ।