कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट कक्षा १२ को परीक्षको परीक्षाफल सार्वजनिक भएको हो ।

परीक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर नतिजा हेर्न सक्नेछन् ।

त्यस्तै, १६०१ मा फोन गरी सिम्बोल नम्बर थिचेर वा एसएमएसबाट NEB टाइप गरी १६०० मा वा मोबाइलबाट *१६००# डायल गरी निर्देशन अनुसार सिम्बोल नम्बर थिचेर पनि नतिजा हेर्न सकिनेछ ।