पोखरामा विद्यालय हिँडेका तीन बालिका बेपत्ता


पोखराबाट एकै दिन तीन बालिका बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कास्कीले दिएको जानकारी अनुसार उनीहरू यही साउन १९ गते घरबाट विद्यालय जान्छु भनेर हिँडेका र हालसम्म पनि सम्पर्कमा नआएका प्रहरीले जनाएको छ ।

बेपत्ता हुने बालिकाहरूमा पोखरा महानगरपालिका वडा नम्बर २ विन्ध्यवासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार रहेका छन् ।

परिवारका अनुसार उनीहरू हराउँदा बखत सेतो सट, नीलो स्कटको स्कूल ड्रेस लगाएका थिए ।

घरबाट स्कूल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका साथै आफन्तको सम्पर्कमा समेत नरहेकाले खोजतलास गरी पाउँ भन्दै परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।