रुसको एक पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु


गएराति रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

उक्त घटनामा ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।

विस्फोटबाट पेट्रोल पम्प ध्वस्त भएको छ भने विष्फोटको कारण अझैँ खुल्न सकेको छैन । विष्फोट भएको क्षेत्र राजधानी मस्कोबाट १६ सय किलोमिटर टाढा पर्दछ । विस्फोट लगत्तै भएको आगलागीबाट सयौँ सवारी साधन पनि नष्ट भएका छन् ।