
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परिसरबाट गत साउन २ गते बरामद गरिएको एक सय किलो सुन आज सोमबारदेखि पगालिने प्रक्रिया भएको छ ।

राजस्वले बरामद गरेको सुन आजदेखि पगालेर जोख्न थालिने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताएका छन् ।
आचार्यका अनुसार प्रारम्भमा आज एउटा ब्रेकशुमा कति सुन छ भनेर खोलेर डेमो देखाइने छ । त्यसपछि सुन जोख्ने काम थालिने छ ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ ।
राजस्वले बरामद गरेको ब्रेकशु सहितको सुनको तौल १५५ केजी रहेको बताइएको छ ।